विचार/ब्लग

सरकारको परीक्षा र जनअपेक्षा



उपेन्द्र केसी

यस पटक अर्थात तेस्रो पल्ट पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुने ठूलो रहर गरेका थिए । उनको रहर पूरा भयो । अर्थात उनी प्रधानन्त्री भए । यस बीच उनले प्रधानमन्त्री भए जनता र देशका लागि आफूले केही उल्लेखनीय काम गर्ने वताउँदै पनि आएका थिए । यस अघि दूई–दूई पल्ट प्रधानमन्त्री हुँदा आफूले गर्न नसकेका तर गर्न चाहेका काम गर्न नसकेको समेत उनले लेला बखत गुनासो गर्दै पनि आएका थिए । त्यसले उनी यस पटक जसरी भए पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका थिए । कांग्रेसका सभापति शेरवहादुर देउवाले अन्तिम समयसम्म छेक्न खोज्दा पनि उनी रोकिएनन ।
निर्वाचन अघि बनेको गठबन्धन धागो चुडाल्दै उनी अर्को गठबन्धन निर्माण गरेर भए पनि प्रधानमन्त्री भएरै छाडे । माओवादी केन्द्रले यस पटकको निर्वाचनमा निर्णायक मत ल्याउने घोषणाका साथ कांग्रेससंग गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो ।

तर, माओवादीले साचे अनरुप जित हासिल गर्न सकेन । झण्दै आधी खुम्चियो माओवादी निर्वाचनमा । कांग्रेससंग भएको गठजोडको निर्वाचन वास्तबमा माओवादीलाई त्यति फापेन । तर, पनि माओवादीका अध्यक्ष प्रचण्डको चाहाना भने पूरा भयो । तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्ड संख्याको अंक गणित थप्न मात्रै होइन । देश र जनताका लागि केही नयाँ राम्रा काम गर्ने सोचका साथ उनी प्रधानमन्त्री भएको हुनुपर्छ ।

मन्त्रिमण्डलको विस्तारसंगै यो सरकारले पूर्णता पाएको छ । र, यस पटकको सरकारमा नयाँ अनुहारको मात्रै होइन, युवाहरुको समेत वाहुल्यता रहेको छ । त्यसैले पनि यो सरकारले केही नयाँ परिवर्तन गर्छ भन्ने एक प्रकारले आममानिसमा आशा जागेको छ । सरकारमा नयाँ राजनीतिक दलबाट पनि सहभागिता रहेको र पुराना भनिएका एमाले –माओवादी पार्टीबाट पनि नयाँ युवा र महिला अनुहारलाई पठाइएकोछ । सरकारमा सहभागिताको नाम हेर्दा पक्कै पनि यस अघिका सरकारको भन्दा यस पटकको सरकारको कम गराईमा फरक पन आउनेछ भन्ने आशा गर्ने आधारहरु देखिएका छन । सरकारमा गएकाहरुले पनि आफूहरु मन्त्री बन्नमा भन्दा केही गर्नका लागि आएको भनेका छन, त्यसले गर्दा पनि यो सरकारबाट जनअपेक्षित कामको अपेक्षा आममानिसले गरेका छन ।
विचारका हिसाबले चारतिर फर्केको यो मन्त्रिमण्डललाई एउटै लयमा हिडाउन दाहाललाई कम्ति गाह्रो भने हनेछनै । तैपनि, यो मन्त्रिमण्डलमा देखिएको अनुहारहरुमा केही गर्ने उत्साह देखिएको छ । र, त्यही उत्साहले केही परिवर्तन को संकेत गर्ला कि भन्ने आशा धेर–थोर सबैमा छ अहिले सरकारमा गएकाहरु यस अघि वाहिर थिए । उनीहरु वाहिर रहँदा सरकारको कार्यशैलीको चर्को आलोचक थिए । आज तीनीहरु नै सहरकामा सहभागि भएका छन । र,उनीहरुका हर क्रियाकलापलाई जनताले गहिरीएर हेरिरहेका छन । त्यसैले उनीहरुलाई यसपटक यो वा त्यो वहानामा पन्छिन छुट छैन ।

हिजो वाहिर बस्दा सरकरको कटु आलोचना गर्नेहरुनै अहिले सरकारमा पुगेका छन । जनताले उनीहरुलाई यस पटक रोजेर त्यो ठाउँमा पु¥याएका हुन । त्यसैले पनि यो सरकारले जनताको पक्षमा केही राम्रा काम गर्लाकि भन्ने आम अपेक्षा रहिआएको छ । जनताको मन जित्नका लागि सरकारले जनपक्षीय निर्णय गर्नु जरुरी छ । आम मानिसलाई जो आए पनि त त्यस्तै नै हो भन्ने जुन प्रकारको ुसमाजमा आम धारणा बन्ने गरेको छ । त्यसलाई चिर्ने काम गर्न अब सरकारले ढिलाई गर्नु हुँदैन । जनताले सकरात्मक परिवर्तन हेनै चाहेका छन, त्यसका लागि उनी धरै समय कुर्ने पक्षमा पनि छैनन । त्यसले केही राम्रा कामको गर्न लागेको यस बीच सरकारले संकेत गर्न बेला भैसकेको छ । त्यसैले पनि सरकारले जन हीतमा गर्ने कामलाई कति पनि ढिलाई गर्नु हुँदैन ।