राजनीति

प्रतिनिधि सभा नियमवाली मस्यौदा समिति गठन



काठमाडौँ, १० माघ । प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमवाली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बैठकले सर्वसम्मत समिति गठन गरेको हो ।

बैठकले २१ सदस्यीय समिति गठन गरेको हो । समितिमा अनिता देवी, डा. अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जिवन परियार, दिलेद्रप्रसाद बँडु , नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश वतौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, ज्ञानवहादुर शाहीलगायत रहेका छन् ।

प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ ।