राजनीति

नयाँ राजनीतिक दलका लागि संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन : गृहमन्त्री



काठमाडौँ, १० माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नयाँ राजनीतिक दलका लागि संसद्को उपस्थिति उत्साहजनक नदेखिएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “नयाँ राजनीतिक दल, नयाँ आशा र उमंग बोकेर आएका हामीजस्ता राजनीतिक दलका लागि संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन । बहस विषयकेन्द्रित हुन जरुरी छ । गरिमामय संसद्मा उपस्थित हुने जाँगर कम हुन्छ ।”

“राज्यका अंगलाई थिलथिलो बनाइएको छ । कमजोर बनाउने जसबाट काम भए, त्यही कोणबाट प्रश्न आउने रहेछन्,” उनले भने, “म त्यसको प्रतिउत्तर होइन, कामका माध्यमबाट त्यसको जवाफ आफैँ उपस्थित होस् भन्ने भन्ने चाहन्छु ।” क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताएका छन् ।