समाचार

भरुवा बन्दुकसहित एकजना पक्राउ



झापा, १० माघ । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी सामुदायिक वनबाट एक नाल भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो । वन उपभोक्ता समितिका पदाधिकारी र सशस्त्र प्रहरी बेस खुदुनाबारीबाट खटिएको संयुक्त टोलीले करिब १० जना युवाहरुको समूहलाई देखि नियन्त्रणमा लिन खोज्दा लोड अवस्थामा रहेको उक्त भरुवा बन्दुक छोडी भागेका थिए ।

भागेकाहरुलाई खोजी गर्ने क्रममा ती किशोरलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरुको खोजी गरिरहेको छ ।