राजनीति

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता



पोखरा, १० माघ । गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जालीलाई पनि मुख्यमन्त्री अधिकारीले मन्त्रीमा नियुक्त गरेका हुन् ।