समाचार

आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारका क्रममा मृत्यु



काठमाडौँ, ११ माघ । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका अनुसार आज बिहान ५ बजे आचार्यको मृत्यु भएको हो ।

मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आचार्यले आत्मदाहको प्रयास गरेका थिए ।