काठमाडौँ, १२ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ थालिएको लामिछानेविरुद्धको नागरिकता मुद्दामा कानुन व्यवसायीको बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको छ । दिनभरको बहसमा रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरे ।
सरकारी वकिल र लामिछानेका कानुन व्यवसायीले भने लामिछानेले विदेशी नागरिकता त्यागेकाले उनी स्वतः नेपाली भएको जिकिर गरे । लामिछाने पक्षका कानुन व्यवसायीले रिट निवेदन सार्वजनिक सरोकारको विषय नभएको दाबीसमेत गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्