Banner News

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना डिस्चार्ज



काठमाडौँ, १२ माघ । पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख १ हजार ८६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ जना रहेका छन ।

मन्त्रालयका अनुसार ५ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार ९ सय ५२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।