राजनीति

माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै



काठमाडौँ, १३ माघ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने बताइएको छ । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।