अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १३ माघ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।