Banner News

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, २ जना डिस्चार्ज



काठमाडौँ, १३ माघ । पछिल्लो २४ घण्टामा थप ६ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख १ हजार ९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ जना रहेका छन ।

मन्त्रालयका अनुसार २ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार ९ सय ५४ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।