Banner News

रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद दुवै खारेज



काठमाण्डौ,१३ माघ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहरसहितसाम्सद पद खारेज गरेको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविलेनेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ ।
संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकोसभापति बन्न समेत अयोग्य हुनुभएको छ ।
नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलालेसर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।
लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछिउहाँ दोब्बर मतान्तरमा चुनाव जित्नुभएको थियो ।