राजनीति

म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन: रवि लामिछाने



काठमाडौँ, १३ माघ । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् ।

सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको बताएका छन् । अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’