समाचार

नेपाल प्रहरीले सञ्चालनमा ल्यायो नर्सिङ कलेज



काठमाडौँ, १४ माघ । नेपाल प्रहरीले ‘नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज’ नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ ।

महाराजगञ्जमा बिहीबार अध्यापन सुरु गरिएको नर्सिङ कलेज नेपाल प्रहरीले आफ्नो कल्याणकारी कोषबाट सुरु गरेको जनाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालनका लागि नर्सिङ कलेजलाई ४० वटा कोटा दिएको नेपाल प्रहरीले जनाएको छ ।

यो शैक्षिक सत्रको सीटीइभीटी सम्बन्धन प्राप्त कलेजहरुमा भर्नाको लागि मेरिट लिस्टमा परेका विद्यार्थीहरुलाई सीटीईभीटीको अनुमति लिएर विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरेको छ । कलेजनमा खुला प्रतिस्पर्धाबाट सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूले अध्ययन गर्न पाउनेछन् ।