समाचार

लागुऔषधसहित दुईजना पक्राउ



दाङ, १५ माघ । जिल्लाको घोराही उपमहानगरपालिका–१५, थारु गल्लीबाट अवैध लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीक अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीया शिवा खत्री र उनका छोरा २२ वर्षीय राजु केसी रहेका छन् ।

उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ९३० मिलिग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६१० रूपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।