Banner News

रवि लामिछाने नागरिकता लिन पुगे जिल्ला प्रशासन कार्यालय



काठमाडौँ, १५ माघ । सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।

अनागरिक भएका लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका हुन् । उनले नागरिकता प्रमाणपत्र लिनका लागि प्रशासनसँग पनि समन्वय गरेका हुन् ।