राजनीति

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री दाहालसँग सत्तासाझेदार दलका नेतासमेत रहेका ओलीको अहिले छलफल जारी छ । छलफलमा नागरिकता विवाद समाधान भएपश्चात् शुक्रबारमात्र उपप्रधानसहित गृह मन्त्रालय गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा ल्याउने वा नल्याउने विषयमा कुराकानी भइरहेको छ ।