राजनीति

रवि लामिछानेले पासपोर्ट फिर्ता गरे



काठमाडौँ, १५ माघ । अमेरिकी नागरिकता त्यागेपछि पुनः नागरिकता लिने प्रक्रियामा नगएका कारण सांसद पदसँगै उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले पुनः नागरिकता लिएसँगै आफूले लिएको पासपोर्ट फिर्ता गरेका छन् ।

लामिछानेले नागरिकता पुनः प्राप्तिसँगै राहदानी विभाग पुगेर आफ्नो राहदानी फिर्ता गरेका हु्न् ।