समाचार

भूकम्पको हल्लाले जुम्ला र मुगुका नागरिक रातभर सडकमा



जुम्ला, १६ माघ । जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दाहरु घर बाहिर निस्केर आगो तापेर बसेका छन् ।

प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दु:ख पाएका बताए ।