राजनीति

प्रधानमन्त्री दाहाल र मेयर शाहबीच भेटवार्ता



काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

आज बिहान भएको भेटमा बालेनले प्रधानमन्त्रीसँग वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका छन् । मेयर शाहका स्वकीय सचिव भुपदेव शाहका अनुसार प्रधानमन्त्री यस विषयमा सकारात्मक छन् । यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो ।

सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।