विश्व

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प



एजेन्सी, १६ माघ । चीनको अरलमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्पीय केन्द्र (इएमएससी)का अनुसार सोमबार बिहान भूकम्प अरल (चीन) को १११ किमी दक्षिण पूर्वमा आएको हो ।

हालसम्म कुनै पनि खालको क्षतीको विवरण आएको छैन । यसबाहेक मध्य एशियामा स्थित देश किर्गिस्तानमा पनि भूकम्पको झट्का महसुस गरिएको छ, जसको तीव्रता ५.८ रह्यो ।

शनिबार इरानको खोय शहरमा पनि भूकम्प आएको थियो जसमा सातजनाको मृत्यु भयो र करिब ४४० जना घाइते भए । भूकम्पको तीव्रता ५.९ थियो ।