काठमाडौँ, १६ माघ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ । राष्ट्रपतिको पदावधि फागुन २८ गते समापन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोले फागुन १३ गते मनोनयन दर्ताको समय राखेको छ ।
प्रतिक्रिया दिनुहोस्