काठमाडौँ, १६ माघ । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् ।
दुई दिने नेपाल भ्रमणमा रहेकी उनले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताइन् । अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता उनले जनाइन् ।
नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै उनले आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।










प्रतिक्रिया दिनुहोस्