समाचार

सिरहा मझौरामा प्रहरीको छापा: नौजना पक्राउ



सिरहा, १६ माघ । सिरहा नवराजपुर गाउँपालिका २ मझौराबाट प्रहरीले ब्राउन सुगरसहित नौ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मार्दा पक्राउ गरिएको हो । प्रहरीका अनुसार २८ ग्रामसहित ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान रहेका छन् ।