समाचार

थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठग्ने पक्राउ



वीरगञ्ज, १६ माघ । वीरगञ्जबाट ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अनुसन्धानमा राखेको मानिसलाई छुटाइ दिन्छु भनी रकम असुल गर्ने गरेको आरोपमावीरगञ्ज महानगरपालिका वडा नं.५ बस्ने ५२ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई आइतबार यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट पक्राउ गरिएको हो । उनी विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।