Banner News

रास्वपाले समर्थन फिर्ता लिँदैन, गठबन्धन भत्किँदैन : प्रधानमन्त्री



काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फरेबदल नहुने बताएका छन् ।

आज नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन फेरबल नहुने बताएका हुन् ।

उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरे । “राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन,” उनले भने ।