मनोरञ्जन

आजदेखि हलमा ‘ह्यार कि प्यारी’



काठमाडौँ, २० माघ । आजदेखि देशभर नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ ।

डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो । चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । जितुले लिड रोलमा अभिनय गरेको पनि यो पहिलो चलचित्र हो ।

डा. भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्ष पछि चलचित्र निर्माण गरेको हो । चलचित्रमा भोला रिजालको लगानी रहेको छ । निर्देशक कपिल रिजाल डा. भोला रिजालका छोरा हुन् ।