समाचार

भारतबाट १२ महिलाको उद्दार



काठमाडौँ, २० माघ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले १२ महिलालाई भारतबाट उद्दार गरेको छ ।

आज ब्यूरोले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरुबाट मंसिर र पुस महिनामा भारत पुर्‍याई दुवई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अवस्थामा १२ महिलालाई उद्दार गरिएको जनाएको हो ।

महिलाहरु मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्दार गर्न ब्यूरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थीत शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरुको उद्दार गरिएको ब्यूरोले जनाएको छ ।

नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काँकडभित्ता, जमुनाह, सुनौलीलगायत नाकाहरु प्रयोग हुने गरेको उनले बताए ।