राजनीति

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीसँग भेट



काठमाडौँ, २१ माघ । परराष्ट्रमन्त्री ड. बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री पौड्यालले गएराती त्यहाँका प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गर्नुभयो । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नुभयो । हिजै उहाँ श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभयो। परराष्ट्मनत्री पौड्याल आज विहानै सुर्योदयसँगै श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी हुनुभयो । उहाँले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्नुहुनेछ ।