काठमाडौँ, २३ माघ । प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा एमाले अध्यक्षा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्