काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् ।
आज प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे । कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क समेत गरेका हुन् । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो ।
उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहो¥याए ।










प्रतिक्रिया दिनुहोस्