राजनीति

सडकबत्ती जडान गर्न काठमाडौँ महानगर र प्राधिकरणबीच सम्झौता



काठमाडौँ, २४ माघ । काठमाडौँ महानगरपालिका क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न महानगर र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।

महानगरपालिका, प्राधिकरण र सडक विभागकाबीच भएको सहमतिका आधारमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका हुन् ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम महानगरले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन सडकबत्ती जडान गर्न लागिएको हो ।

स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडकबत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।