झापा, २४ माघ । झापामा हातहतियारसहित चार भारतीय पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट भारत घर भएका २० वर्षीय ओम साहसहित अन्य चारजनालाई पक्राउ ग्रेक्को हो ।
उनीहरूलाई प्रहरीले फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक दुई थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन एक थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्डसहित पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्