राजनीति

प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट



काठमाडौँ, २४ माघ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलरबीच भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा आज भेटवार्ता भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।