समाचार

आजदेखि दाङ–काठमाडौँ ‘स्लीपर एसी’ बस सञ्चालन हुने



दाङ, २५ माघ । आजदेखि दाङ–काठमाडौँ सुतेर यात्रा गर्न सकिने सुविधासहितको बस सञ्चालन हुने भएको छ । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दाङदेखि काठमाण्डाै रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालन हुन लागेको हो ।

त्रिसिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुर दाङले पहिलो पटक भरे बेलुकादेखि यस्तो सुविधाको बस संचालन गर्ने जनाएको छ । साविक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो । भारतबाट ल्याइएका यी बस आजदेखि नियमित रुपमा चल्ने प्रालिले जनाएको छ ।

दाङदेखि काठमाडौँसम्म आरामदायी यात्रा गर्न सुत्न मिल्ने सिट रहेका चार वटा एयर सस्पेन्सन स्लीपर बस सञ्चालन गर्ने प्रालिले जनाएको छ । बसमा ४० सिट छ । ती मध्ये ८ वटा सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरु बसेर यात्रा गर्न मिल्ने रहेका छन । दाङदेखि काठमाडौँसम्म सिटमा बसेर यात्रा गर्नका लागि यात्रुले १ हजार ८ सय रुपैयाँ र सुतेर यात्रा गर्न चाहाने यात्रुले २ हजार रुपैयाँ भाडा तिनुपर्ने छ ।