काठमाडौँ, २५ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले लाखौँ मतदाताले भोट दिएको लोकतान्त्रिक वाम गठबन्धन किन जोगिएन भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले १५/२० वर्ष जान्छ भनेर बनाइएको गठबन्धन पाँच वर्ष पनि टिकाउन नसकिएको बारे जनतालाई जवाफ दिनुपर्ने बताए ।
उनले भने, “२० वर्षसम्म गठबन्धन जान्छ, स्थिरता र समृद्धि दिन्छ, मत हाल्नुस् भनेर भन्यौँ । हामीले त मतदाताको जनप्रतिनिधि छान्ने अधिकारलाई सीमित गरिदिऔँ । तर, प्रधानमन्त्रीको विषयमा कुरा नमिल्दा पाँच वर्ष पनि गठबन्धन टिकाउन सकिएन,” “अहिले आफूलाई आफूले प्रश्न गर्ने र अरूलाई उत्तर दिनुपर्छ कि पर्दैन ? आम नागरिकलाई उत्तर दिनुपर्छ । १५ वर्ष नभए पनि पाँच वर्ष पनि टिकाउन सकिएन । लाखौँ मतदातालाई गठबन्धन बोकाएर, त्यो भारी बोकाएर अहिले उत्तरबाट भाग्ने ? हामीले प्रश्न सोध्ने को हो भन्ने ? त्यो मिल्दैन, यसको उत्तर हामीले दिनुपर्छ ।”










प्रतिक्रिया दिनुहोस्