राजनीति

भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री



काठमाडौँ, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताए ।

सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको उनले बताए । उनले अघि भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।’