समाचार

भिरबाट लडेर एक जनाको मृत्यु



मकवानपुर, २८ माघ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको हो ।

घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको छ ।