समाचार

आजको मौसम



काठमाडौँ, २ फागुन । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाअनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

राती प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।