Banner News

अनेरास्ववियुको २३ औं महाधिवेशन काठमाडौँमा शुरु



काठमाडौँ, २ फागुन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौँमा शुरु भएको छ ।

प्रत्येक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन यसबीचमा पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो ।मध्यान्ह १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रज्ञा भवनमा उद्घाटन गर्ने अनेरास्ववियुको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एमाले केन्द्रीय सदस्य तथा अखिल इन्चार्ज माधव ढुंगेलका अनुसार अध्यक्षमा सर्वसम्मतिको प्रयास जारी छ ।

विशेषगरी बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच सहमति कायम हुन सके अध्यक्षलगायत मुख्य पदमा चुनाव नहुने बताइएको छ । तर अध्यक्षमा सहमतिको सम्भावना नभएकाले अधिकांश पदमा चुनाव हुने देखिएको छ ।