काठमाडौँ, २ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गरिने बताएका छन् ।
आज सिंहदरबारमा यातायात व्यवसायी तथा मजदुरसँग भएको वार्ताको क्रममा मन्त्री श्रेष्ठले जायज माग र मुद्दा सम्बोधन हुने बताएका हुन् ।
उनले भने -‘यातायात व्यवस्था सुधार कार्यदल गठन भएको छ । यो कार्यदलले पनि एउटा खाका तयार पार्छ । यो कार्यदलले यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको समेत माग सम्बोधन गर्नेछ । यातायात क्षेत्रको समग्र समस्या समाधान गर्छ ।’










प्रतिक्रिया दिनुहोस्