काठमाडौ २, फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वियुको २३ औ राष्ट्रियमहाधिवेशनको उदघाटन समारोहमा अग्नि धारणा राखदै अध्यक्ष ओलीले अखिलले चैत्र ५ गते हुने स्वबियु निर्वाचनमा सवै संगठनलाईमैदानबाट आउट गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले अखिलका नेताहरूलाई त्याग गर्न पनि सुझाउनु भयो । ‘त्याग गर्नोस, त्याग गर्नेको इतिहासले सधै आदरका साथ सम्मान गर्छ,’ उहाँले भन्नुभयो । यसैगरी उहाँले नेपाली कांग्रेसले गर्दा नै पंचायत लामो समय टिकेको बताउनु भयो । उहाँले थप्नुभयो–‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन । राष्ट्रियताको साचो रक्षक हो यो ।










प्रतिक्रिया दिनुहोस्