राजनीति

उर्जामन्त्री लिङ्देन र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता



काठमाडौँ, ३ फागुन । उपप्रधान एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंले बताए । उनका अनुसार भेटका क्रममा ‘स्टेट अफ द कमला रिभर बेसिन’ योजनाबारे पनि छलफल भएको थियो ।

राजदूत भोल्कले यो योजना स्रोत व्यवस्थापनमा नमूना कार्य हुने बताउँदै बताइन् । नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उपप्रधानमन्त्री लिङ्देनले कमला नदी बेसिनले कृषि क्षेत्र, त्यहाँका बासिन्दाको आर्थिक स्तरोन्नति र चुरे क्षेत्रमा व्यवस्थापन गर्ने बताए ।