Banner News

को–को छन् राष्ट्रपतिको सपना सजाउने ?



काठमाडौँ, ४ फागुन । राष्ट्रपतिको उम्मेदवारमा व्यापक चर्चामा आएका नामावली कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, विमलेन्द्र निधी र बिपी पुत्र शशांक कोइरालाका नामसम्म खेलकुदमा हेलिएका छन्। त्यसैगरी एमालेबाट सुभाष नेम्वाङ, डोरमणि पौडेल, महेन्द्र पाण्डे, गुरु बराल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, काशीनाथ अधिकारी, शान्ता मानवी, सीता पौडेल, केशव बडाल, अमृत बोहोरा, प्रदीप ज्ञवालीसम्मका नाम आइरहेछन्।

त्यस्तै माओवादीबाट डा. बाबुराम भट्टराई, मोहन वैद्य, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, अमिक शेरचन, सिपी गजुरेल, सिपी मैनाली, मोहनचन्द्र अधिकारी समेतको नाम सुनिएको छ। स्वतन्त्रबाट डा. सन्दुक रुइतको नाम यति लिइयो कि उनले म हुन्न भनेर वक्तव्य नै निकाले। डा. भगवान कोइरालाले पनि त्यस्तै प्रतिक्रिया दिए । अन्य नामको लहरमा देवेन्द्रराज पाण्डे, दमननाथ ढुंगाना, कृष्ण पहाडी, कृष्णप्रसाद भण्डारी, सुन्दरमणि दीक्षित, सुरेन्द्र केसीसम्मका नाम स्वप्निल बनाइए। संविधानले बाधा गर्दैनथ्यो भने स्वतः वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नामसमेत चर्चामा आएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।