नवीन तिमल्सिना
काठमाण्डौ ४ फागुन । निजगढ–काठमाडौं फास्ट ट्र्याकको विकल्पमा तीन जिल्लाले नयाँ द्रुतमार्ग बनाउँदैन्यिदब िऋयििभनभ ंद्द
निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्रयाक द्रुतमार्ग नजिकैबाट हुने गरी चारवटा गाउँपालिकाले नयाँ द्रुतमार्ग निर्माणको परिकल्पना गरेका छन् । एउटा नयाँ सडक निर्माण हुँदा तराईको सर्लाही र रौतहटसँगै बागमती प्रदेशको मुकाम हेटौँडा पुग्न छिटो हुने भएपछि काभ्रे, ललितपुर र मकवानपुरका चारवटा गाउँपालिकाले नयाँ द्रुतमार्गको योजना अघि सारेका छन् ।
बनेपादेखि मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको फापरबारी बजारसम्म करिब ७० किलोमिटरको नयाँ द्रुतमार्ग निर्माणका लागि गाउँपालिकाहरूले डीपीआर बनाएर संघीय सरकारलाई बुझाउने तयारी गरेका छन् ।
बेथानचोक गाउँपालिका काभ्रे, ललितपुरको महाङ्काल गाउँपालिका र बागमती गाउँपालिका, मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका गरी चारवटा स्थानीय तहले सडक निर्माणलाई साझा योजनाका रुपमा अगाडि बढाउने निर्णय गरेका छन् । केही दिनअघि मकवानपुरको बागमती गाउँपालिकामा चारवटा पालिकाको छलफलबाट आ–आफ्नो क्षेत्रमा सडकको डीपीआर गर्ने सहमति भएको हो । उक्त निर्णयअनुसार सम्बन्धित गाउँपालिकाले आफ्नो क्षेत्रभित्र दुई लेनको सडकको डीपीआर बनाउनुपर्नेछ ।
सडकको सुरुवाती बिन्दु काभ्रेको बनेपा र अन्तिम बिन्दु मकवानपुरको फापरबारी बजार हुनेछ । फापरबारी बजार धरान–चतरा सडक मार्गसँग जोडिएको छ । फापरबारीबाट धरान–चरता सडक हुँदै करिब आधा घण्टाको दूरीमा नेपाली सेनाबाट निर्माणाधीन काठमाडौं–तराई फास्ट ट्र्याक पुग्न सकिन्छ । निर्माणाधीन फास्ट ट्र्याक मकवानपुर र ललितपुरमै पर्छ । तर, फास्ट ट्र्याक निर्माणको टुंगो नभएपछि तीन जिल्लाका चार पालिकाले नयाँ द्रुतमार्गको काम अगाडि बढाउने योजना बनाएका हुन् ।
नयाँ द्रुतमार्ग निर्माण भएपछि बनेपाबाट छुटेका सवारीसाधनलाई तराई पुग्न हेटौँडा गएर घुम्नु नपर्ने र फापरबारीबाट पूर्वतर्फ मकवानपुरको बागमती गाउँपालिका राईगाउँ हुँदै सर्लाही र रौतहटको सिमानास्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिने महाङ्काल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले शिलापत्रलाई जानकारी दिए ।
नयाँ द्रुतमार्गको परिकल्पनाअनुसार बनेपा–पनौती–ढुंखर्क–च्याम्राराङ्बेँसी–ठूलादुर्लुङ–फापरबारी–धरान चतरा जोड्ने सडक निर्माण भएपछि तराई–काठमाडौं फास्ट ट्र्याकको समेत सवारीसाधन घट्ने देखिन्छ । त्यति मात्र नभई धुलिखेल सिन्धुली हुँदै बर्दीबास पुगिने बीपी राजमार्गको वैकल्कि मार्गका रूपमा नयाँ द्रुतमार्ग प्रयोगमा आउने सम्भावना देखिएको छ । दोलखा, रामेछाप सिन्धुली र काभ्रेका बासिन्दालाई तराई र हेटौँडा पुग्न बीपी राजमार्गहुँदै सिन्धुलीबाट धरान–चतारा सडक खण्ड प्रयोग गर्नुपर्ने बाध्यता छ ।
ललितपुरका बासिन्दालाई तराई पुग्न हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग वा बीपी राजमार्ग प्रयोग गर्नुको विकल्प छैन । तराई वा हेटौँडा जता जाँदा पनि अत्यधिक लामो सडक यात्रा गर्नुपर्ने भएपछि चारवटा गाउँपालिकाले साझा योजनाका रुपमा नयाँ द्रुतमार्ग निर्माण गर्ने निर्णय गरेको महाङ्काल गाउँपालिका अध्यक्ष केसी बताउँछन् ।
बागमती गाउँपालिकाको फापरबारी बजारबाट बेतिनी हुँदै ललितपुरको महाङ्काल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकादेखि बनेपासम्म करिब ७० किलोमिटरको सडक निर्माण हुने केसीले शिलापत्रसँग बताए । मकवानपुरतर्फ बागमती गाउँपालिकाले र मकवानपुरसँग सिमाना जोडिएको ललितपुरबाट काभ्रेसम्मको डीपीआर त्यहाँस्थित पालिकाहरूले भूगोल निर्धारण गरेर डीपीआर निर्माण गर्ने निर्णय भएको अध्यक्ष केसीले जानकारी दिए ।
शिलापत्रबाट










प्रतिक्रिया दिनुहोस्