मनोरञ्जन

आजबाट हलमा ‘फूलबारी’



काठमाडौँ, ५ फागुन । नेपाली कथानक चलचित्र ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ ।

स्टारकास्ट रहेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ फेमेली ड्रामा हो । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । चलचित्रले क्यूएफएक्समा राम्रै शोज पाएको छ । क्यूएफएक्स चेनले आज देशभर यसलाई ३३ शोज उपलब्ध गराएको छ ।