काठमाडौँ, ५ फागुन । नेकपा (माओवादी केन्द्र) ले विचारधारालाई प्रभावकारी बनाउन चार तहको पाठ्यक्रम लागु गर्ने भएको छ ।
पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागु गरिने तय भएको माओवादी केन्द्र स्रोतले जनाएको छ ।
जसअनुसार तत्काल माध्यामिक तहको पाठ्यक्रमअनुसार देशभर प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । स्कुल विभागका प्रमुख तथा उपमहासचिव गिरिराजमणि पोखरेलको अध्यक्षतामा हालै बसेको बैठकले कार्ययोजना तय गर्दै चार तहको पाठ्यक्रमलाई लागू गर्ने निर्णय गरेको हो । बैठकले सबै प्रदेशका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ । जसअनुसार प्रदेश १ मा फागुन १४, १५ र १६ गते, गण्डकी प्रदेशमा फागुन १९,२० र २१ गतेका लागि तय गरिएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा फागुन २४, २५ र २६ गते, कर्णाली प्रदेशमा फागुन २९, ३० र चैत १ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रमको तालिका तय गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा चैत ४, ५ र ६ गते, मधेस प्रदेशमा चैत ९, १० र ११ गते, बागमती प्रदेशमा चैत १४, १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा चैत १७, १८ र १९ गते, सम्पर्क समन्वय प्रदेश समितिमा चैत २०, २१ र २२ गते र प्रवास समन्वय प्रदेशमा चैत २३ देखि हरेक दिन २ घण्टाका दरले एक साता गर्ने तय भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्