काठमाडौँ, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाएको छ । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको राष्ट्रपति भण्डारी परमाधिपति हुन् । प्रमुख अतिथिका रुपमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरिन् ।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति दिएको थियो ।










प्रतिक्रिया दिनुहोस्