समाचार

‍‍३ विकेटले नामिबियामाथि नेपालको जित



काठमाडौँ, ६ फागुन । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा शनिबार नेपालले नामिबियालाई ‍‍३ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर‍्‍यो ।

योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ । आजको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए ।