राजनीति

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता



काठमाडौँ, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको हो । माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बुझिाएको छ । राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा पनि छलफल भएको बताइएको छ ।